डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता « Khabarhub

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको छ ।

मन्त्री मेहतासँग बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखक लगायतको टोलीले भेट गरी ‘द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो ।

भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाबाट प्राप्त अनुभव, टेलिमेडिसिनको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकतामा राखेर राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै सम्मेलनबाट आएका सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाइने बताएकी छन् । 

साथै, सरकारले सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता मन्त्री मेहताले जनाएकी छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित