एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ « Khabarhub

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा अपराधका घटनामा ११ हजार भन्दा बढि मुद्दा दर्ता भएको जनाएको छ ।  

काठमाडौं प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको जनाएको हो । आर्थिक बर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको थियो ।

धेरै संख्यामा दर्ता भएका उजुरीहरुमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्महत्या, जवरजस्ती करणी, ज्यानमार्ने उद्योग लगाएत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

उनले सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग गर्दै एआइ क्यामरामार्फत ५९ जना संकित मानिस पहिचान गरि पक्राउ गरिएको बताए । 

सोहि अवधिमा १ सय ४५ हातहतियार बरामद भएको र ५२ जनालाई पक्राउ गरिएको, १ सय ७५ फरार कैदी र ९४ जना थुनुवाई पक्राउ गरिएको काठमाडौ परिसरले जनाएको छ । 

आर्थिक बर्ष २०८२/८३ मा १६ सय धर्ना, ४४३ विरोध-जुलुस भएको र ३ सय ५१ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

सार्वजनिक सेवा प्रवाह हुने स्थानमा दुख–हैरानी दिने ३०९ जनालाई पक्राउ गरिएको र ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको उनले बताए । 

त्यस्तै काठमाडौं प्रहरी परिसरले साइबर अपराध तथा नयाँ–नयाँ एप्लिकेसनहरूको संख्या तीव्र रूपमा बढेकाले पहिचान, निगरानी र नियन्त्रणमा कठिनाइ भइरहेको जनाएको छ । 

सचेत नागरिकहरूसमेत ठगीको शिकार हुनुपरेको र सामाजिक सञ्जालमा हुने कुप्रचार-साइबर बुलिङले मानिसहरूको पारिवारिक तथा सामाजिक जीवनमा असर पारेको प्रवक्ता भट्टराईले बताए ।

उनले अपराधका घटना नियन्त्रण र न्यूनिकरण गर्न दैनिक १,१५० देखि १,१८० जना प्रहरी जनशक्ति क्षेत्र (फिल्ड) तथा चेकप्वाइन्टहरूमा खटाइने गरिएको र दैनिक २२० भन्दा बढी सवारी साधन चेकजाँच हुने गरेको जानकारी दिए । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ६ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित