परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ « Khabarhub

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ ।  

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले मध्यपूर्वमा शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व लम्बिने देखिएकाले यसबाट नेपालीहरूको सुरक्षा, रोजगारी लगायत स्वदेशमा इन्धन, निर्माण, पर्यटन लगायत अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्नेतर्फ सरकार संवेदनशील रहेको बताए । 

हाल उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हालसम्म सामान्य रहेको र कोही पनि प्रभावित भएको जानकारी नआएको उनले बताए ।

उनले वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ’स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्बाध उपयोग तथा दिगो शान्तिका पहलहरूमा नेपालको समर्थन रहेको समेत उल्लेख गरे ।  

प्रवक्ता पौडेलले हालसम्म दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको जानकारी दिए । जसमध्ये कम्बोडियबाट ७३३ जना,  म्यानमारबाट ११३ जना,  लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको उनले बताए ।
 

हाल कम्बोडियाका जेलमा ४९ जना नेपाली रहेको भन्दै उनले नेपाली दूतावास (बैंङ्कक) ले कानुनी सहायताको समन्वय गरिरहेको जानकारी दिए ।

उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि, गैरकानुनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कारबाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरणसहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित