जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा « Khabarhub

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक संकलन र विश्लेषणले भविष्यमा विपद् न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

विश्व जल तथा मौसम दिवसको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा उनले जल तथा ऊर्जा आयोगको सचिवालयको संयोजनमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमले जल तथा मौसमसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 

मन्त्री सिन्हाले नेपालको भौगोलिक विविधता-हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए। 

उनका अनुसार असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लावट तथा हिमताल विस्फोटजस्ता घटनाले जनजीवन, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पारिरहेका छन् । ‘यस्तो अवस्थामा वैज्ञानिक जानकारी, समयमै पूर्वानुमान र प्रभावकारी पूर्वसूचना प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण हुने छ ।  कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, स्वास्थ्य, यातायात तथा उड्डयन क्षेत्र यी सेवामा निर्भर रहेको छ,’ उनले भने ।

सरकार जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक प्रविधि प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको जानकारी दिए । 

उनले जोखिमयुक्त समुदायसम्म समयमै सूचना पुर्‍याउन पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको पनि स्पष्ट पारे। 

साथै अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, अनुसन्धान र नवप्रवर्तनमार्फत सेवा गुणस्तर अभिवृद्धि गर्ने दिशामा सरकार अग्रसर रहेको उनको भनाइ थियो।
 
मन्त्री सिन्हाले सरकारी, गैरसरकारी, निजी तथा शैक्षिक क्षेत्रबीचको सहकार्यबाट मात्र जल तथा मौसम सेवाहरू प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन सकिने धारणा व्यक्त गरे। 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित