चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै « Khabarhub

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख ५० हजार बाख्रालाई सो खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको जनाइएको छ ।

पशुसेवा कार्यालयका चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उनले भने, ‘रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न गारो हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिन्छ ।’

प्रमुख डा. न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिन्छ र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए । कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग विरुद्धको खोप दिँदै आएको छ । यसमा रोगी बाख्राको जुत्तोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँशुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङ्क्रमण फैलिने हुन्छ । यसका साथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट सङ्क्रमित भई सङक्रमण फैलिने हुन्छ ।

व्यवसायीक रुपमा बाख्रापालन गर्ने किसानले जैविक सुरक्षाको विधि अवलम्बन गर्न उनले सुझाव दिए । यस रोगबाट बाँच्न रोगी बाख्राको शरीरबाट निस्कने आँशु, सिँगान र मलमूत्रमा यस रोगका विषाणु प्रसस्त मात्रामा रहेका हुन्छन् त्यसैले रोगको सङ्क्रमण पैmलिन नदिन रोगी बाख्रालाई बथानबाट अलग्गै राख्नुपर्ने उनको भनाइ छ ।

पीपीआर रोगले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान जलाउनु वा गाड्ने गर्नुपर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।

गोठमा नयाँ बाख्रा ल्याउनुपर्ने भएमा यस रोगविरुद्ध खोप लगाएर मात्र ल्याउनुपर्दछ । तीन हप्तासम्म अलग्गै राखी पीपीआर विरुद्ध खोप लगाएर मात्र बथानमा मिसाउन उनले आग्रह गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित