उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा « Khabarhub

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ ।

कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि उद्योग दर्ता प्रक्रिया ‘अनलाइन’बाट सुरु गरिएको छ । यस्तै, यही असोज १० गतेदेखि उद्योग प्रशासनसम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ ।

उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तनलगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत हुनेछ ।

बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरी प्रदेशका १३ वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागिएको हो । उनका अनुसार यसअघि मकवानपुरमा यो प्रणाली सञ्चालनमा आइसकेको छ ।

प्रमुख पौडेलका अनुसार कार्यालयमा दर्ता रहेका पुराना करिब १७ हजार उद्योगका फाइलको ‘डिजिटल’ अभिलेखीकरण गर्ने काम भइरहेको छ । असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका फाइललाई प्राथमिकतामा राखेर डिजिटल अभिलेखीकरण भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका सबै फाइललाई स्क्यान गरेर हामीले डिजिटाइज गर्दैछौँ । यो महिनामा आउने सेवाग्राहीको ८० प्रतिशत काम डिजिटाइज हुन्छ ।’

चितवनमा हाल १७ हजार उद्योग दर्ता छन् । तीमध्ये १२ हजार उद्योग सञ्चालनमा रहेको प्रमुख पौडेलले जानकारी दिए । जिल्लामा २३ हजार वाणिज्य फर्म दर्ता छन् । उद्योगको तुलनामा वाणिज्यतर्फका फर्म बढी चलायमान रहेको उनले बताए । कतिपय उद्योग भने आवश्यक प्रक्रिया पूरा गर्नका लागि मात्र सञ्चालनमा रहेको पाइएको छ ।

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा ‘सहायता कक्ष’ स्थापना गरिएको छ । अनलाइन फाराम भर्न नसक्ने वा कम्प्युटरको सुविधा नभएका सेवाग्राहीलाई सहायता कक्षका कर्मचारीले निःशुल्क सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले कुनै अन्योल भएमा फोन तथा इमेलमार्फत आवश्यक परामर्श लिन सक्नेछन् । कार्यालयबाट घरेलु, लघु तथा साना उद्योगका साथै हाल ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगसमेत दर्ता तथा सञ्चालन अनुमति लिन सकिने प्रमुख पौडेलले जानकारी दिए ।

सेवाग्राहीले घरबाट नै चौबिसै घण्टा अनलाइन आवेदन दिन सक्नेछन् । राजस्व भुक्तानी भएपछि मात्र कार्यालयबाट आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । कार्यालयले हाल सेवाग्राहीलाई अनलाइन दर्ता प्रणालीबारे जानकारी गराउने तथा कार्यालयमा रहेका पुराना फाइललाई डिजिटल अभिलेखीकरण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित