खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज « Khabarhub

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा आउने जङ्गली हात्ती ‘गोविन्दे’ र ‘रोनाल्डो’ पनि पर्यटकका मुख्य आकर्षण बनेका छन् ।

खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार वर्षातको समय भए पनि पर्यटकको आगमन रोकिएको छैन ।दैनिक सयौँ पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा आउने गरेका छन् ।

असोजदेखि भने पर्यटकको चाप अझ बढ्ने चौधरीले बताए । साउनदेखि केन्द्र प्रवेशका लागि टिकट काट्नु नपर्ने व्यवस्था गरिएको छ । यो पर्यटकीय दृष्टिले अफ सिजन मानिए पनि केन्द्रमा हात्ती अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य उनले बताए ।

प्रमुख चौधरीले भने, “अहिले अफसिजन भए पनि पर्यटकहरू निरन्तर आइरहनुभएको छ । यहाँ बर्सेनि रोनाल्डो, गोविन्दे, धुर्वे, सेरगजलगायत जङ्गली हात्ती आउने र केही समय खोरसोरमा बस्ने गर्छन् । यसपटक रोनाल्डो करिब दुई महिना खोरसोरमा बसेर फर्किएपछि अहिले गोविन्दे आएको छ । गोविन्दे आएको करिब एक महिना भयो ।” उनले असोजपछि यहाँ पर्यटकको भीड बढ्ने र यो क्रम जेठसम्म रहने बताए ।

हाल खोरसोरमा आएको गोविन्दे मात्तिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछिपछि लाग्ने गरेको छ । यसले कर्मचारी तथा पर्यटकका लागि जोखिम बढाएको प्रमुख चौधरीले बताए । उनका अनुसार अहिले गोविन्देसँगै ‘सेरगज’ र ‘भीमगज’ नामका जङ्गली हात्ती पनि रातिको समयमा खोरसोर आउने गरेका छन् । गोविन्देले उनीहरूलाई लखेट्ने गरेको उहाँले जानकारी दिए ।

जङ्गली हात्तीको जोखिमलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षाका लागि विशेष सतर्कता अपनाइएको प्रमुख चौधरीले जानकारी दिए । उनले भने, “हामीले कर्मचारी खटाएर पर्यटकलाई सावधानी अपनाउन लगाउने गरेका छौँ । जङ्गली हात्तीको नजिक जान नदिई सुरक्षित दूरीबाट मात्रै अवलोकन गराउने व्यवस्था मिलाएका छौँ ।”

हाल केन्द्रमा नौ वटा माउ र छ वटा छावा रहेका छन् । पाँच वटा पोथी हात्ती गर्भवती छन् । तीमध्ये एउटा हात्ती यही वर्ष र अन्य चार वटा आगामी वर्ष व्याउने प्रमुख चौधरीले जानकारी दिए ।

हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्नुभन्दा हात्ती प्रजनन केन्द्रमा हात्ती र छावा हेर्न बढी आउने गरेका छन् । खोरसोर आउने पर्यटक छावासँग फोटो खिच्ने, खेल्ने तथा रमाउने गर्छन् । हात्तीका छावासँग रमाउन र अवलोकन गर्न मात्र नभई हात्तीसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी तथा विदेशी पर्यटक तथा अनुसन्धानकर्ता खोरसोर आउने गरेको प्रमुख चौधरीले बताए ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  १० : ०१ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको