एनपीएलको टिकट मूल्य सार्वजनिक : पाँच सयदेखि दुई हजार पर्ने


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो।

क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलहरूका लागि भने साधारण टिकटको मूल्य १,००० रुपैयाँ र प्रिमियम टिकटको मूल्य २,००० रुपैयाँ तोकिएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलहरूको टिकट आज साँझ ८:०० बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत सहजै खरिद गर्न सकिने व्यहोरा पनि क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ७ : ०६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र