आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित « Khabarhub

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ ।

चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी)सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो।

कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले आर्थिक वर्ष २०८१-८२ मा २६ हजार ४०४ जनालाई आयुर्वेदिक सेवा प्रदान गरिएको जानकारी दिनुभयो । आव २०८०-८१ मा १६ हजार ५०२ जनालाई सेवा प्रदान गरिएको थियो ।

सबैभन्दा बढी १० हजार ३४२ लाई बहिरङ्ग, दुई हजार ६०४ लाई ज्येष्ठ नागरिक, पाँच हजार ९४१ लाई योग, नौ हजार ५०५ जना पूर्वकर्म र पञ्चकर्म, १७ जनालाई स्तनपान गराउने आमा तथा शिशु सेवा, १९ लाई क्षारसुत्र, ५०४ जनालाई प्रयोगशाला सेवालगायत फिजियोथेरापी, शिरोधारा तथा स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको छ । 

पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक सेवा, स्वास्थ्य प्रवर्द्धन तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । पछिल्ला वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारका रूपमा अपनाउने नागरिकको सङ्ख्या बढ्दै गएको उनले बताए।

आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभई स्वस्थ जीवनशैली अपनाउने अभियानसमेत भएकाले समुदायस्तरमा यसको पहुँच विस्तार गर्न चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायसँग सहकार्य गरी योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेदसम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आइएको सूचना अधिकारी पौडेलले जानकारी दिए।

चिकित्सालयले आगामी दिनमा सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग तथा आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी र सहज बनाउने योजनासहित अघि बढिरहेको जनाएको छ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  २ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित