मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय « Khabarhub

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेकामा ती मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको हो ।

विशेषगरी मृत्यु भएका मतदाताको नाम हटाउनेलगायत विवरण शुद्धीकरण गर्नुपर्ने भएकाले कार्यालयले भरतपुर महानगरपालिकाबाट काम सुरु गरेको कार्कीले बताए । उनका अनुसार कार्यालय रहेको वडा १० बाट सुरु गरिएको शुद्धीकरण कार्यक्रमअनुसार भरतपुर महानगरपालिकाका २९ वटै वडामा क्रमशः काम गरिनेछ । त्यसपछि अन्य पालिकामा शुद्धीकरणको काम गरिने कार्कीले बताए ।

गत साउन २५ गतेदेखि कार्यालयले वडा–वडामा मतदाता नामावली पठाएर शुद्धीकरणको काम सुरु गरिएको प्रमुख कार्कीले बताए । उनका अनुसार वडा कार्यालयले घटना दर्ता किताबमा रहेको विवरणसँग मतदाता नामावली रुजु गरी मृत्यु भएका व्यक्तिको हकमा मतदाता परिचयपत्र नम्बरसमेत उल्लेख गरेर विवरण पठाउने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिकाका सबै वडाबाट यही भदौ १० गतेसम्म विवरण माग गरिने र १५ गतेभित्र महानगरपालिकाको मतदाता नामावली शुद्धीकरणको काम सम्पन्न गरिने उनको भनाइ छ । आगामी असोज २ गतेदेखि जिल्लाका अन्य स्थानीय तहमा मतदाता नामावली शुद्धीकरणको काम सुरु गरिने कार्कीले जानकारी दिए ।

मृत्यु भएका परिवारका सदस्य वा आफन्तले मृत्यु दर्ता प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालयमा आएर जानकारी गराई मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न प्रमुख कार्कीले सबैमा आग्रह गरे । राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकले परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।

कार्कीले राष्ट्रिय परिचयपत्र नभएका नागरिकले निर्वाचन आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी जैविक विवरणका लागि जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने बताए ।

मतदाता नामावलीमा रहेका नाम, थर, ठेगानालगायत त्रुटि सच्याउने, आफूलाई पायक पर्ने मतदानस्थल परिवर्तन गर्ने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका कारण विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइनमार्फत आवेदन दिन सकिने उनले जानकारी दिए ।

यसैगरी, पछिल्लो निर्वाचनयता चितवनमा ६ हजार ७७५ जना नयाँ मतदाता थपिएको प्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ११ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित