फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा युरोपेली शक्ति स्पेन र एसियाली टोली साउदी अरेबिया आमनेसामने हुँदैछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

स्पेनले प्रतियोगिताको पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा केप भर्डेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बलमा नियन्त्रण जमाए पनि स्पेनले गोल गर्न नसकेपछि टोलीमाथि दबाब बढेको छ । अब साउदी अरेबियाविरुद्ध जित निकाल्दै नकआउट चरणको बाटो बलियो बनाउने स्पेनको लक्ष्य छ ।

यता साउदी अरेबियाले पनि पहिलो खेलमा उरुग्वेसँग १–१ को बराबरी खेल्दै एक अंक जोडेको थियो। सन् २०२२ को विश्वकपमा अर्जेन्टिना माथि सनसनीपूर्ण जित निकालेको साउदी टोली फेरि अर्को ठूलो टोलीविरुद्ध चकित पार्ने नतिजाको खोजीमा छ ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्ते ले टोलीलाई आक्रामक लयमा फर्काउने प्रयास गरिरहेका छन् । युवा स्टार लामिन यामाल को भूमिकालाई लिएर पनि निकै चर्चा भइरहेको छ। स्पेनको आक्रमणमा उनको उपस्थितिले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

साउदी अरेबियाका प्रशिक्षक जर्जियोस डोनिस ले स्पेनविरुद्ध अनुशासित डिफेन्स र छिटो काउन्टर अट्याकलाई मुख्य हतियार बनाउने संकेत दिएका छन् । स्पेन बल नियन्त्रणमा विश्वकै उत्कृष्ट टोलीमध्ये एक भए पनि अवसर सिर्जना गर्ने क्षमतामा चुनौती दिन सकिने उनको विश्वास छ ।

ऐतिहासिक रूपमा स्पेन साउदी अरेबियामाथि बलियो देखिएको छ । तर विश्वकप जस्तो ठूलो प्रतियोगितामा साउदीले विगतमा ठूला टोलीलाई हराइसकेको कारण यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

समूह ‘एच’ मा अहिले स्पेन, साउदी अरेबिया, उरुग्वे र केप भर्डे सबैले समान एक अंक जोडेको अवस्था छ। त्यसैले यो खेल दुवै टोलीका लागि नकआउट चरणको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर बनेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ४६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र