रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन « Khabarhub

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन कठिन हुन्थ्यो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ ‘ग्रेट हल अफ द पिपुल’तर्फ रातो कार्पेटमा अघि बढ्दै गर्दा चिनियाँ सैन्य ब्यान्डले रुसको चर्चित र रोमान्टिक शास्त्रीय धुन ‘मस्को नाइट्स’ बजाइरहेको थियो। उक्त धुनको स्थायी अंश थियो- ‘मस्कोका यी रातहरू मेरा लागि कति प्रिय छन्, तिमीले बुझिदिए हुन्थ्यो।’

संगीतका ती धुनभित्र कतै राजनीतिक सामीप्य वा पश्चिमा मिडियाले भन्ने गरेको दुई नेताबीचको गाढा मित्रता लुकेको थियो ।

राष्ट्रपति पुटिनले सीलाई ‘मेरो प्रिय मित्र’ भन्दै सम्बोधन गरे। प्रत्युत्तरमा राष्ट्रपति सीले पुटिनलाई ‘मेरो पुरानो मित्र’ भने। यो दुई देशका त्यस्ता नेताहरूको संवाद थियो, जसले आफूहरूबीच एउटा विशेष सम्बन्ध निर्माण भएको देखाउन चाहन्छन्। विगतका वर्षमा ४० पटकभन्दा बढी भेटवार्ता गरिसकेका यी दुई नेतासँग यस्तो सम्बन्ध बनाउने पर्याप्त समय पनि थियो।

आफ्नो सार्वजनिक वक्तव्यमा दुवै नेताले ‘रणनीतिक सहकार्य’, ‘साझेदारी’, ‘पारस्परिक सम्मान’, ‘मित्रता’ र ‘विश्वास’ का कुरा गरे। उनीहरूले संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाको ‘अन्तर्राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने’ आणविक नीतिको आलोचना गरे र डोनाल्ड ट्रम्पको ‘गोल्डेन डोम’ मिसाइल डिफेन्स सिल्डको योजनाको निन्दासमेत गरे।

पुटिनको यस भ्रमणको पूर्वसन्ध्यामा रुसी सरकारी अखबारले आफ्नो पहिलो पृष्ठमा दुईवटा ठूला तस्बिर छापेको थियो । एउटा तस्बिरमा गत साता चीन भ्रमण सकेर फर्कने क्रममा ट्रम्प एक्लै ‘एअर फोर्स वान’ को सिँढी चढ्दै गरेको देखिन्थ्यो भने त्यसको ठीक सँगै पुटिन र सी सँगसँगै हिँडिरहेको पुरानो तस्बिर राखिएको थियो। यस दृश्यले विश्व मञ्चमा रुस र चीन एकअर्काको काँधमा काँध मिलाएर उभिएका छन् भन्ने प्रस्ट सन्देश दिन खोजेको थियो।

तर, वास्तविक संसार प्रेम गीत, रोमान्स र भावनात्मक मित्रताको जगमा चल्दैन। यो त भूराजनीति हो।

भूराजनीतिको दुनियाँमा सम्बन्ध विरलै मात्र प्रेम र स्नेहमा आधारित हुन्छन्। यहाँ प्रायः आफ्नै राष्ट्रिय स्वार्थ प्रमुख बन्ने गर्छ। सी र पुटिनबीचको यो शिखर वार्ताले पनि उनीहरूको यो आपसी ‘प्रेम’ र मित्रताको एउटा सीमा छ भन्ने कुरालाई पुनः प्रस्ट पारेको छ। चीनबाट न्यानो स्वागत पाए पनि राष्ट्रपति पुटिन बहुप्रतीक्षित ग्यास पाइपलाइन सम्झौता बिना नै स्वदेश फर्किएका छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ८ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित