गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ ।

यस डान्सिङ गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक विजय बराल, नायिका वर्षा राउत, कलाकार मेक्सम गौडेल तथा अतिथीय भूमिकामा डान्सर सबिन विस्ट र एलिसा शर्मालाई देख्न सकिन्छ ।

गीतमा गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

रोशन विश्वकर्माको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको यस फिल्म गायक ढकालको लगानी रहेको छ ।

प्रकु पाण्डेयको कथा र निर्देशनमामा यो फिल्म बनेको हो । संवाद र स्क्रिप्ट संयोग गुरागाईंको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ३२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र