गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री « Khabarhub

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ । 

मतपत्र ढुवानीको काम पनि सुरु भएको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । आज कास्कीमा मतपत्र आइपुगेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपाने बताए। 

‘निर्वाचनका लागि आवश्यक पर्ने ५२ प्रकारका सामग्री जिल्लामा पुगिसकेको छ, आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु हुन्छ’, उनले भने, ‘निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको छ ।’ 

निर्वाचनका बेला प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ वटा सामग्रीलाई मतदानस्थलमा पठाइने र अन्य सामग्री कार्यालयमा प्रयोग हुने सूचना अधिकारी न्यौपानेले बताए।  

सामग्री व्यवस्थापनसँगै निर्वाचनमा परिचालन हुने कर्मचारीको खटनपटनको काम पनि सँगसँगै भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् । 

मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने सूचना अधिकारी न्यौपानेले बताए। यस प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ । 

गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । 
 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित