११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । 

उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछन् । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन् । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन्। 

‘जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ’, उनले मुस्कुराउँदै भनिन् । उनको विश्वास छ, ‘भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।’

उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । 

उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।

मार्रा अझै बिहान उठेर आँगन सफा गर्छिन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन्। छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन्। छोराका अनुसार उहाँको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएकी छैनन् ।

श्रीमानको निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन् । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, ‘नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?’

मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन् । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका सदस्य घर आउँदा खुसी छिन्।

‘मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु’, उनले भनिन् । युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  १० : ५१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र