उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य « Khabarhub

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ ।

गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिएसँगै  किसानले उत्पादन बढाएका थिए । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताउँछन्। 

‘केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,’  उनले भने, ‘प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले चारमा झरेको छ ।’
    
देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा दुई हजार बेर्ना रोप्न सकिन्छ । एउटा बिरुवामा १०० देखि २०० कोसासम्म  केरा फल्छ । नेपाल केरामा आत्मनिर्भर छ । केरा आयात रोकिएपछि किसानले तीन हजार बिघा थप गरी खेती गर्न सुरु गरे। आउँदो वर्ष केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ ।

काठमाडौँ, पोखरा, नेपालगञ्जलगायत  स्थानमा केराको मूल्य घटेको छ । समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा सो स्थानमा मूल्य घटेको हो । फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएका छन् । 

केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको छ । दसैँ, तिहार र छठसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ । फागुनपछि मूल्य बढ्ने अनुमान छ ।  चितवनमा सुपरजोन क्षेत्रमा एक हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ । यो नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हो ।

केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नलैजाने र सस्तोमा लगेको महँगोमा बेच्दा समस्या भएको बताउँछन्। उपभोक्ताले हाल पनि जी नाइन केरा प्रतिदर्जन  १०० भन्दा बढीमा खरिद गर्न बाध्य भएका छन् । 

केरा बिक्री नहुँदा बारीमा बिग्रने सम्भावना बढेको छ । भोटेकोशी–त्रिशूली बाढीलगायत कारण राजधानी लगायतका ठूला बजारमा बिक्रीका लागि  केरा पठाउन नसक्दा मूल्य घटेका हो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शंकर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा पुग्न नसक्दा मूल्य घटेको बताउँछन्। सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन लागेको उनले बताए । 

उत्पादित केराको मूल्य लागत मूल्यभन्दा तल नगए नेपालका किसानले  केरामा सहजै आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ ।

नेपालमा एक जना किसानले १०० बिघा क्षेत्रफलसम्म केरा लगाएको महासङ्घको तथ्यांकमा छ । गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो । 

उक्त  निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसैसँग उत्साहित भएका किसानले केरा खेती वढाएका हुन् । नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ ।
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित