धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा « Khabarhub

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब आठ करोडको लागतमा धवलागिरि–३ घट्टेखोलामा २०७९ सालदेखि शुरु भएको सुविधायुक्त प्रशासकीय भवन निर्माण शुरु भएको थियो । हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्य सम्पन्न गरि जटि सक्दो छिटो कार्यालय सञ्चालनको तयारीमा जुटेको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।

हाल साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।

आव २०७९–८० मा प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सामग्रीमा भएको मूल्य वृद्धि तथा सङ्घीय सरकारले भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण प्रभावित र ढिलाई भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एकएक वटा सभाहल र बैठक कक्ष हुनेगरी पूर्वाधार निर्माण भइरहेको छ ।

धवलागिरिमा प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरू निर्माणले तीव्रता पाएको छ । धवलागिरि—७ ताकममा पाँच शैया क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए ।

सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि धवलागिरि—२ लुलाङ, धवलागिरि—४ मुदी, धवलागिरि—६ मराङ र धवलागिरि—७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भइसकेको उपाध्यक्ष रेशम पुनमगरले बताए ।

उनका अनुसार धवलागिरि—५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालयको भवन निर्माणको योजना बनाएको उपाध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित