एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन : एन्डी बर्नहम सोमबार बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन्।

बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयसँग भएको निजी भेटपछि उनलाई सरकार गठन गर्न औपचारिक निमन्त्रणा दिइएको हो।

यसअघि तत्कालीन प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

यता डाउनिङ स्ट्रिटमा लेबर पार्टीका दर्जनौँ वरिष्ठ नेता भेला भएका छन्। उनीहरूमध्ये केहीले नयाँ सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाउने अपेक्षा गरिएको छ।

बर्नहमले यसअघि पनि लेबर पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए तर सफल भएका थिएनन्।

सन् १९७० मा लिभरपुलमा जन्मिएका बर्नहमको बाल्यकाल वारिङ्टन नजिकको एक गाउँमा बितेको थियो।

उनका पिता ब्रिटिश टेलिकममा इन्जिनियर थिए भने आमा रिसेप्शनिस्ट थिइन्। दुवै जना लेबर पार्टीका कट्टर समर्थक रहेकाले बर्नहममा सानैदेखि राजनीतिप्रति रुचि विकास भएको बताइन्छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : १९ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र