इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ « Khabarhub

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत सरकारले रुसी तेलसम्बन्धी केही नयाँ प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गरेको छ ।

इरानसँगको युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि विश्वभर इन्धनको मूल्य बढ्न थालेको छ । विश्वको करिब पाँचौं हिस्सा तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले जेट इन्धन अभावको चिन्तासमेत बढेको छ ।

बुधबारदेखि लागू भएको नयाँ व्यापार अनुमतिअनुसार भारत र टर्कीजस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रुसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल बेलायतमा आयात गर्न अनुमति दिइएको छ ।

अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्व तथा हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढाएको जनाइएको छ ।

यस निर्णयको विपक्षी कन्जरभेटिभ पार्टीले आलोचना गरेको छ । पार्टीकी नेता केमी बडेनोच ले बेलायती सरकारले “फोहोर रुसी तेल खरिद गर्ने निर्णय गरेको” भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

तर बेलायती प्रधानमन्त्री केयर स्टाररले सरकारले गत अक्टोबरमा घोषणा गरिएको प्रतिबन्ध प्याकेजलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिरहेको स्पष्ट पारे । उनले वर्तमान अस्थिर अवस्थाबाट उपभोक्तालाई जोगाउन छोटो अवधिका लागि लक्षित अनुमति दिइएको बताए।

संसदमा बोल्दै प्रधानमन्त्री स्टार्मरले “यो नयाँ प्रतिबन्धलाई क्रमिक रूपमा लागू गर्ने प्रक्रिया हो, पुराना प्रतिबन्ध हटाउने निर्णय होइन”  भनेका थिए ।

बेलायती सरकारले उक्त अनुमति अनिश्चित अवधिसम्म लागू रहने भए पनि समय–समयमा पुनरावलोकन गरिने जनाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता बेलायत युक्रेनको प्रमुख समर्थकमध्ये एक रहँदै आएको छ । बेलायतले रुसविरुद्ध लागू गरेका प्रतिबन्ध विश्वकै कडा प्रतिबन्धमध्ये पर्ने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ७ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित