सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दसैँपछि दिउँसै गिरफ्तार गर्नू’


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दसैँपछि दिउँसै गिरफ्तार गर्न आग्रह गरेका छन् । आफूलाई समात्ने तयारी भइरहेको खबर पाएको जनाउँदै उनले मध्यराति नभई दिउँसै गिरफ्तार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलगायतका जेन-जी अभियन्ताहरुलाई पक्राउ गर्ने तयारी भइरहेको खबर प्राप्त भएको जनाएका उनले दिउँसै समात्न सरकारलाई चुनौती दिएका हुन् । ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ’, उनले फेसबुकमा लेखेका छन् ।

‘म तेश्रो धुर्व र यो जनबिद्रोह पछी चाहिएको वास्तविक बैकल्पिक शक्तीको वकालत दशैँ पछी गर्छु, गिरफ्तार पनी दिनमा दिउसो परेर दशैँ पछी गर्नुहोला सरकारलाई मेरो आग्रह।’ उनले उल्लेख गरेका छन् ।

‘आजकल देश राती मात्रै बन्दो रहेछ के गर्नु होला !’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : ४६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र