चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न आफू तयार रहेको बताएका छन्। सम्भावित भेटमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने उनले सङ्केत गरेका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन् । उनको यस भनाइले वासिङ्टन र किएभबीचको मतभेदलाई थप उजागर गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन नेताबीच त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन्।

नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देशका नेता सहभागी हुने अपेक्षा गरिएको छ। यद्यपि, चिनियाँ विदेश मन्त्रालयले सम्भावित भेटबारे आफूलाई जानकारी नभएको जनाएको छ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने कुनै पनि बैठकले रुसी राष्ट्रपति पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्न सक्ने चेतावनी दिनुभएको छ। क्रेमलिनका प्रवक्ता पेस्कोभले पनि युक्रेनसँग अन्तिम शान्ति सम्झौता गर्न युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताए।

यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन आक्रमण हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

युक्रेनले अमेरिकाले महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ। युद्ध अन्त्य गर्ने प्रयास र सैन्य आक्रमण जारी रहेका बेला अमेरिका, रुस र चीनका नेताबीच हुन सक्ने सम्भावित भेटलाई अन्तर्राष्ट्रिय चासोका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १२ : ०४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र