अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम « Khabarhub

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र र व्यावसायिक संस्था बन्नुपर्ने बताएकी छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारले प्रमाणमा आधारित अनुसन्धान र अभियोजनमार्फत नागरिकमा विश्वास जगाउनुपर्ने बताइन्।

उनले अख्तियारको संस्थागत बल त्रास सिर्जना गरेर आफूलाई शक्तिशाली देखाउनेमा नभई निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्न सक्ने क्षमतामा हुनुपर्ने धारणा व्यक्त गरिन्।

‘संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनु हुँदैन,’ मन्त्री गौतमले भनिन्, ‘निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ।’

मन्त्री गौतमले अख्तियारको कामकारबाहीमा निष्पक्षता र व्यावसायिकता कायम हुनु आवश्यक रहेको बताउँदै आयोगप्रति नागरिकको विश्वास बलियो बनाउन प्रमाणमा आधारित अनुसन्धान र अभियोजनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियारजस्ता संवैधानिक निकाय प्रभावकारी, विश्वसनीय र स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  २ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित