वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प « Khabarhub

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने बताएका छन्  । 

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताएका हुन् । सम्भावित भेटको समय र स्थान भने खुलाइएको छैन ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा किमसँग भेट गर्ने सम्भावना खोजिरहेका छन् । ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गरेका थिए । दुवै नेताबीचको अन्तिम भेट सन् २०१९ मा भएको थियो ।

ट्रम्पले प्योङयाङसँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको बताएका छन् । 

तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताएका छन् । अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन ।

ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नु आवश्यक रहेको बताउँदै उत्तर कोरियासँग भने आफूले राम्रो सम्बन्ध कायम गरेको उल्लेख गरेका छन् । 

दक्षिण कोरियाका रक्षामन्त्रीले अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रयासबाट पछि नहटेको बताएका छन् । राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताएका छन् ।

यसअघि ट्रम्पले किमसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आएका थिए । पहिलो कार्यकालमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियामाथि ‘फायर एन्ड फ्युरी’ को चेतावनी दिएका उनले पछि दुवैबीच सम्बन्ध सुधारिएको बताएका थिए । उच्चस्तरीय भेटले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रमबारे ठोस प्रगति भने हुन सकेको थिएन ।

यसैबीच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबीच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताएकी छन् । उनले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरेकी छन् ।

किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि समाप्त गर्ने घोषणा गरेपछि आएको हो । पेन्टागनले अभ्यास अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कुनै कमी नआउने बताएको छ ।

उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ। 

दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गर्दै आएको अवस्थामा ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारी र सैन्य अभ्याससम्बन्धी पछिल्ला कदमलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ ।
 

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ११ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित