झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी « Khabarhub

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु सात करोड ४१ लाखको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको हो । 

पुलको लम्बाइ ६४० मिटर रहेको छ । शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडा रहेका छन् । कनकाई नदीपूर्व पनि वडा नं १० र वडा नं ७ को केही भू–भाग छ । 

हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ । 

स्थानीयका अनुसार वडा नं ७ का बासिन्दाले आफ्नो वडाको अर्को भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गरी जानुपर्ने अवस्था छ । तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख मेगाहाङ थोप्रा ९रोशन०को भनाइ छ ।

उनका अनुसार यस पुल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधैँ लालपानी, ट्याक्रलगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउनजान सहज हुने अपेक्षा गरिएको छ । 

नगर प्रमुख थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास निर्माणमा चुनौती रहेकाले पनि कतिपय ठुला योजनाका लागि सङ्घीय सरकारको बजेट अपेक्षा गर्नुपर्ने अवस्था रहेको बताउँछन् । 

सङ्घीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको र नगरपालिकाले समेत पुलको निर्माणकार्य गुणस्तरीय ढङ्गले सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमन गरिआएको उहाँको भनाइ छ । पुल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडा नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ ।

यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  २ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित