फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश « Khabarhub

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगी विष्णु रिमाललाई भेटेपछि उनले पार्टी फेरेका हुन् ।

अनौठो त के छ भने अबुलले फेसबुकको कभर फोटो अहिले पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाकै राखेका छन् । जहाँ उनी चार तारे झण्डा काँधमा बोकेर उभिएका छन्।

फेसबुकको कभरबाट कांग्रेसको पहिचान मेटाउन पनि नभ्याएका अबुललाई ओलीले सुनसरी क्षेत्र नम्बर ४ को टिकट थमाएर पठाएका छन् ।

तर उनले आफ्ना सहयोगीहरूलाई फेसबुकमा लेख्न लगाएर आफू काठमाडौंबाट आउँदै गरेकाले स्वागतका लागि विराटनगर विमानस्थलमा आउन भनिसकेका छन् ।

‘नेकपा (एमाले) का तर्फबाट सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार डा. अबुल हुसैन अन्सारीज्यू आज ४ बजे काठमाडौंबाट विराटनगर प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको विराटनगर आगमन हुने भएकाले सम्बन्धित नेता, कार्यकर्ता तथा शुभेच्छुक महानुभावहरूलाई विराटनगर विमानस्थलमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु’, उनका एक सहयोगी खालिद अन्सारीले लेखेका छन् ।

केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापाहरूमाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर एमालेको टिकट पनि लिएका छन् ।

‘मैले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमा खर्चिएको छु। राजनीतिका थुप्रै उकाली-ओराली, आरोह-अवरोह कांग्रेसमै पार गरेको छु। तर, पछिल्लो पटक कांग्रेसभित्रको किचलो र स्वार्थकेन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ’, उनले भनेका छन्, ‘कांग्रेस लोकतन्त्रको मर्म र बीपीको सिद्धान्त भुल्दै गएको भान मलाई भएको छ। त्यसैले आज म ठूलो दु:खका साथ भारी मन पारेर कांग्रेस त्यागेको घोषणा गर्दछु।’

उनले यस पटकको निर्वाचनमा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर- ४ चुनाव लड्ने घोषणासमेत गरेका छन् ।

‘एमालेले मलाई सम्मान गर्दै पार्टी प्रवेश गराएर विश्वासका साथ सुनसरी-४ का लागि योग्य ठानेको छ’, उनले भनेका छन्, ‘त्यसैले म एमालेको मप्रतिको भरोसा र जनताको मप्रतिको आसा कहिले मर्न दिने छैन। सधैँ एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न तल्लीन रहने छु।’

एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अन्सारीले मुलुकको समृद्धि, स्थायित्व र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘केपी शर्मा ओलीको राष्ट्रवादी र विकासमुखी नेतृत्वबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ। सुनसरी–४ का जनताको अपेक्षा पूरा गर्ने गरी इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सहयोगी विष्णु रिमालको हातबाट एमालेको संगठित सदस्यता लिएलगत्तै ‌ओलीले उनलाई सुनसरी ४ को टिकट थमाएर पठाइदिए ।

एमाले नेतृत्वले अन्सारीको सामाजिक सक्रियता, स्थानीय स्तरमा रहेको पकड र राजनीतिक अनुभवलाई ध्यानमा राख्दै उम्मेदवार बनाएको जिकिर गरेको छ।

अबुललाई ओलीले बोक्दा सुनसरी ४ बाट उम्मेदवार बनाइएका जगदीश कुसियैत जिल्लिएका छन् । उनी २०७९ सालमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग ११२ मतको झिनो अन्तरले पराजित भएका थिए ।

जगदीशलाई उम्मेदवारका लागि क्षेत्रीय कमिटी र जिल्ला कमिटीले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो । तर एकल नाम सिफारिस भएका जगदीशलाई जिल्लाउँदै ओलीले कांग्रेस छाडेको केही बेरमै अबुललाई टिकट थमाइदिए । यसले सुनसरी एमालेमा आक्रोश देखिएको छ।

कुसियैत अहिले एमाले सुनसरीका इन्चार्ज पनि छन् । उनले अब पछि नहट्ने बताएका छन् । कुसियैतलाई सुनसरी २ मा उठाउने बताइए पनि त्यहाँ रेवतीरमण भण्डारीलाई टिकट दिइएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित