क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

१९ जनाको अवस्था गम्भीर, प्रधानमन्त्री कार्नीद्वारा दुःख व्यक्त


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी बेस) मा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

आइतबार ओटावाबाट देशवासीका नाममा सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यस घटनालाई शान्तिकालमा क्यानेडियन सेनाले भोगेका ठूला त्रासदीमध्ये एक भएको बताएका छन्।

अल्बर्टास्थित क्यानेडियन फोर्सेस बेस वेनराइटमा शनिबार स्थानीय समय अनुसार अपरान्ह ४ बजेतिर आगलागी सुरु भएको थियो। अत्यधिक चाप रहने सो सैन्य तालिम केन्द्रमा लागेको आगो नियन्त्रणमा आइसकेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। हालसम्मको अनुसन्धानमा कुनै ‘आतंकवादी गतिविधि’ को संलग्नता नदेखिएको जनाइएको छ।

मृत्यु हुनेहरूमा सर्जेन्ट मोर्गन वोङ, प्राइभेट सन फारेल, प्राइभेट एडन गुल्डिङ र प्राइभेट हेडन लिक्केमार्क रहेका छन्। घाइते भएका ३९ जनाको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये कम्तीमा १९ जनाको अवस्था चिन्ताजनक रहेको अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले जानकारी दिएकी छन्।

अधिकारीहरूका अनुसार सो क्षेत्रमा पैदल सेनाका जवानहरूले गोलाबारुदसहितको प्रत्यक्ष लडाकु तालिम (लाइभ एम्युनिसन ट्रेनिङ) गरिरहेका थिए। तालिमस्थलभन्दा करिब १ किलोमिटर टाढा घाँसे मैदानबाट सुरु भएको आगो तीव्र हावाका कारण तीव्र गतिमा फैलिएर प्रशासनिक तथा तालिम क्षेत्रतर्फ बढेको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : २३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र