लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत एलान रोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

यस सिजन टोलीको खराब प्रदर्शनका कारण निराश बनेका समर्थकका लागि क्यामरुनका फरवार्ड ब्रायन म्बेउमोको गोल भने केही राहतको विषय बनेको छ।

उनले प्रिमियर लिगका पछिल्ला ७ खेलमा ४ गोल गरिसकेका छन्। गत अगस्टमा इप्सविचविरुद्ध ह्याट्रिक गरेका कप्तान ब्रुनो फर्नान्डेसबाहेक प्रशिक्षक माइकल क्यारिकको टोलीका अन्य कुनै पनि खेलाडीले यस सिजन एकभन्दा बढी गोल गर्न सकेका छैनन्।

यसअघि मङ्गलबार च्याम्पियन्स लिगमा एथलेटिको मड्रिडविरुद्ध पहिलो मिनेटमै गोल खाएर पनि खेलमा फर्किएजस्तै, लिड्सविरुद्ध पनि युनाइटेडले सन्तोषजनक खेल प्रदर्शन गरेको थियो। खेलपछि कुरा गर्दै मुख्य प्रशिक्षक क्यारिकले टोलीभित्रका विवाद र बाह्य टीका-टिप्पणीबाट आफू अलग रहेर टोली सुधारमा केन्द्रित रहेको बताए।

लिड्ससँगको बराबरीसँगै म्यानचेस्टर युनाइटेड लगातार ६ खेलमा जितविहीन बनेको छ। यो सन् २०१८-१९ को सिजनपछि टोलीको अहिलेसम्मकै खराब प्रदर्शन हो।

स्काई स्पोर्ट्सका विश्लेषक एवं पूर्वखेलाडी जेमी क्यारागरले युनाइटेडको खस्कँदो स्तरप्रति चिन्ता व्यक्त गर्दै लिड्ससँगको बराबरीलाई सफलता मान्नु नै टोलीको स्तर खस्किएको प्रमाण भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ६ : ३२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र