आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री  « Khabarhub

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री 


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताए।  

बुधवार निर्वाचनको तयारी सम्बन्धी विषयमा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर-३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका छन् ।

नेपाल सरकारको प्रवक्तासमेत रहनु भएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत गरे।  

गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतका टोली स्थलगत निरीक्षणका लागि आज त्यस तर्फ पुगेका हुन् ।

सो क्रममा गृहमन्त्री अर्यालसहितको टोलीले  गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र र श्री ओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गरेका थिए। यस्तै, उनीसहितको टोलीले शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको पनि निरीक्षण गरेका थिए।  

यस्तै, गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका-४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गर्नु भएको थियो।  सो क्रममा निर्वाचन अधिकृत भट्टराईले ३ नम्बर निर्वाचन क्षेत्रमा रहेको सबै मतदान केन्द्रहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे यस अघि नै अनुगमन गरिसकिएको, मतदाता शिक्षाको काम भइरहेको र मतदान केन्द्रमा पठाइने निर्वाचन सामग्रीको ढुवानीको तयारी पनि भइरहेको जानकारी गराएका थिए।

 यस्तै, जिल्ला निर्वाचन अधिकारी भट्टराईले निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्तिको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले सम्पन्न गरिसकेको जानकारी पनि गृहमन्त्री अर्यालको टोलीलाई गराए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित