फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी पेरिस र अन्य शहरमा व्यापक हिंसा मच्चिएको छ । बढ्दो महँगी, विद्यालयको खस्किँदो अवस्था तथा सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा हिंसात्मक झडप भएको छ । सीजीटी युनियनका अनुसार देशभर करिब ५ लाख मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए । राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको विरोध गर्दै पेरिसका सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले म्याक्रोंको राजीनामा समेत मागेका छन् । प्रदर्शनमा विशेष गरी युवा, विद्यार्थी र सर्वसाधारण सहभागी रहेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शन उग्र बन्दा पेरिससहित मार्से, टुलोन, ल्योन जस्ता शहरका सडकमा अराजकता छाएको छ । हिंसा नियन्त्रण गर्न प्रहरी र सुरक्षाकर्मी असफल हुँदा पसल, ऐतिहासिक भवन, सडक, सवारी साधन, सरकारी कार्यालय, निजी आवास र अन्य धरोहरमा तोडफोड आगजनी र लुटपाट भएको छ । प्रदर्शन नियन्त्रण गर्ने असफल प्रयासमा प्रहरीले अश्रुग्यास र वाटर क्याननको प्रयोग गर्दा कतिपय प्रदर्शनकारी घाइते भएको खबर छ । सयौँ प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

राष्ट्रपति म्याक्रोंले हिंसामा संलग्नहरुलाई कारवाही गरिने दृढता व्यक्त गरेका छन् । प्रधनमन्त्री सेबास्टियन लेकोर्नुले यस्तो प्रकारका हिंसाले सरकार नतर्सिने प्रतिक्रिया दिएका छन् । उनले हिंसामा उग्रवामपन्थी र अपराधीहरुको संलग्नता रहेको आरोप लगाएका छन् । आगामी छ महिनाभित्र राष्ट्रपतीय निर्वाचनको तयारी गरिरहेको फ्रान्समा यो अराजकताले थप राजनीतिक अनिश्चितता बढाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ३ : २५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र