‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै « Khabarhub

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ। काभ्रेका सांस्कृतिक धरोहर मानिने पनौती, नमोबुद्ध र तेमाललाई जोडेर परिपथ निर्माण गर्न सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंका अनुसार क्रमागत बजेटमार्फत सम्पन्न गरिने यो योजनाको गुरुयोजना तयार भइसकेको छ। पहिलो चरणमा १० करोड रुपैयाँ खर्च गरी पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब ८ किलोमिटर सडक क्षेत्रमा बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। सडकका दायाँबायाँ माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा र थान्कासहितका जानकारीमूलक बोर्डहरू राखिनेछन्।

परिपथअन्तर्गत नमोबुद्ध-भकुण्डे सडकखण्डको दाप्चास्थित बोक्से सामुदायिक वनमा ‘रतुवा मृग पार्क’ निर्माणका लागि प्रदेश सरकारसँग प्रक्रिया अघि बढाइएको छ। यस्तै, बीपी राजमार्गको चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ बनाइनेछ। नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको २५ किलोमिटर सडक क्षेत्रलाई पनि बुद्ध सम्पदाले सजाइने योजना छ।

योजनाको अर्को मुख्य आकर्षणका रूपमा तेमालको याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको विशाल मूर्ति स्थापना गरिनेछ। सोही स्थानमा थान्का लेखन विद्यालय, घण्टाघर, शान्ति चैत्य र पार्किङस्थल निर्माण गरिने सांसद चौलागाईंले जानकारी दिए।

ऐतिहासिक पनौतीको त्रिवेणीघाट, राजकुमारले सुत्केरी बघिनीलाई देहत्याग गरी जीवनदान दिएको धार्मिक मान्यता बोकेको नमोबुद्ध र तामाङ सभ्यता तथा गुरु पद्मसम्भवको ध्यानभूमिका रूपमा परिचित तेमाललाई जोड्ने यस परिपथले काभ्रेको समग्र पर्यटकीय प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १० : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित