गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान « Khabarhub

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरेको छ । 

वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज शिवपुरी गाउँपालिका– ७ सुइरेचौर, नुवाकोटमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । 

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार एक र सम्मानपत्र रहेको छ । 

यस्तै, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ । 

हमाललाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत गरेको योगदान र मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा पुर्यायको योगदानका लागि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यो पुरस्कारको राशि जनही १५ हजार एक र सम्मानपत्र रहेको छ । 

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो ।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको उक्त पुरस्कार प्रदान तथा सम्मान समारोहमा पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका अझै बढेर गएको बताए। उनले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरे। 

समारोहमा सम्मानित व्यक्ति आचार्यले पत्रकार सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिँदै कोही रिसाउला भनेर सत्य लुकाउन नहुने बताए। अर्का सम्मानित व्यक्ति वस्तीले हाल पत्रकारितामा महत्त्वपूर्ण सूचना र तथ्यहहरू ख्याल ठट्टाको विषय बन्न पुगेको भन्द चिन्ता व्यक्त गरे। उनले पहिले स्रोतमा पत्रकारको मात्रै पहुँच हुँदा समस्या नहुने गरेको तर हाल स्रोतमा सबैको पहुँच पुगेकाले पत्रकारितामा चुनौती बढेको धारणा राखे । 

पुरस्कृत व्यक्तिहरूका तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा नेपालले पत्रकारिताको स्तर खस्किँदा समाजमा असर गर्ने भएकाले यसलाई आलोचनाभन्दा पनि स्तर सुधारका लागि भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । 

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकहरूको आवागमन बढेको भन्दै खुसी व्यक्त गरे। उनले विगतमा २५-३० हजार पर्यटक आउने गरेकामा सम्पादक समाजसँगको सहकार्यपछि पत्रकारले लेखेका समाचारकै कारण प्रचारप्रसाद हुँदा हाल वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिने गरेको बताए। 

यहाँका नागरिकको जीवनस्तर सुधार्न कृषि र पर्यटनलाई जोडेर गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै खध्यक्ष थपलियाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुँजी र प्रविधिको चेपुवामा पत्रकारिता परिरहेको उल्लेख गर्दै मर्यादित बनाउने कोशिष जारी रहेको बताए। 

उनले भने, ‘प्रविधिले फड्को मारिरहेको छ, तर पत्रकारिताप्रतिको विश्वसनीयता अफ्ठेरो स्थितिमा आएको छ । अबको पुस्तालाई मर्यादित पत्रकारितामा डोर्याउन सम्पादक समाजको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ‘ ।

नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टंक पन्त, सम्पादक समाजका संरक्षक किरण वैद्य, समाजका महासचिव श्याम डोटेलले आफ्नो धारणा राखे । 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित