मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहमा कुन प्रकारको माटो कहाँ पाइन्छ भन्ने जानकारी प्रदान गर्छ ।

अनुसन्धानको नेतृत्व गरेका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए। तर, नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै संरचनामा समेटेर तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहयोग पुर्‍याउनेछ । अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच (अम्लीय वा क्षारीय अवस्था) र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन् । यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ ।

अध्ययनको प्रारम्भिक परीक्षणका रूपमा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषताहरूको मूल्याङ्कन गरेका थिए । त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा यसले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ । यद्यपि, यस निष्कर्षको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन आवश्यक पर्नेछ ।

माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ । यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो । अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा थप परीक्षण गर्न सकिनेछ। भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट ल्याइने माटोका नमुनाले पनि तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ६ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र