युक्रेनमाथि रुसको आक्रमण « Khabarhub

युक्रेनमाथि रुसको आक्रमण


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण गरेको रुसी समाचार एजेन्सी तासले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।

रुसको रक्षा मन्त्रालयले भनेको छ, ‘युक्रेनका धातु विज्ञान र रेडियो-इलेक्ट्रोनिक्स उद्योगसँग सम्बन्धित सुविधा, साथै रक्षा उद्योग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित केन्द्रलाई निसाना बनाइएको हो। आक्रमण किभ, जापोरिजिया र ओडेसा क्षेत्रमा गरिएको हो।’

मन्त्रालयका अनुसार रुसी सेनाले जमिन, समुद्र र हावाबाट सटिक हतियार, साथै ड्रोन प्रयोग गरेर ठुलो मात्रामा आक्रमण गरेको थियो। युक्रेनी नौसेना जहाजलाई पनि निसाना बनाइयो।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार मिनीबसमा गरिएको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका थिए।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १० : ५२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम