हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन « Khabarhub

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी संकलन हुने गरेको छ । ‘स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी संकलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।’ 

बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने। 
 
अध्यक्ष  शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरू चोरी गर्नेको नाम बताउन चाहादैनन भन्छन्। चङ्खेली गाउँपालिका–२ स्थित उक्त सामुदायिक वनका सात स्थानमा जडीबुटी पाइने भए पनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरीनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रै महिना जडीबुटी संकलन गर्ने गरेको उनले बताए। 

हुम्लामा जडीबुटी संकलन इजाजत लिनका लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सूचना जारी गरेको छ । डिभिजन वन कार्यालय, हुम्लाले अनुमति नलिकन जडीबुटी संकलन गर्नेलाई कारबाही गर्ने दायित्व सामुदायिक वनले गर्ने  सबडिभिजन कार्यालय सर्केगाडका प्रमुख बाबुलाल बम्जनले बताए।  
    
उनले महिलनमा एक दुईपटक वनको अनुगमन गर्ने गरेको बताए। यद्यपि अनुगमन गर्दा कोही कसैलाई नभेटेको बताए। यदि भेटिएका खण्डमा कारबाहीको दायरामा ल्याइने पनि उनले बताए। 
    
स्थानीय चन्द्रबहादुर बुढाका अनुसार यहाँका स्थानीय व्यापारीले इजाजत नलिकन जडीबुटी संकलन गर्ने र पछि उनीहरूले नै इजाजत प्राप्त व्यापारीलाई जडीबुटी बिक्री गर्ने गरेको बताए। 
    
हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमूल्य जडीबुटी तथा वन्यजन्तु चोरीनिकासी दिन प्रतिदिन बढ्दै गइरहेको स्थानीय नागरिकको भनाइ छ । तर, उनीहरूको नाम आफूले नभन्ने बताएका छन् ।  

यहाँका वन क्षेत्रमा सुगन्धवाल, कुटिक, जटामसी, सतुवा, पदमचाललगायत बहुमुल्य जडीबुटी निरन्तर चोरीनिकासी भइरहेको स्थानीयले बताएका छन् ।

सामुदायिक वन तथा राष्ट्रिय वनभित्र बहुमूल्य जडीबुटी संकलन तथा चोरीनिकासी गरेको पाइएमा ऐनअनुसार कडा कारबाही गरिने भन्दै डिभिजन वन अधिकृत कुमाइले अवैध रुपमा संकलन नगर्न सबैलाई आग्रह गरे। 

चङ्खेली गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिन प्रतिदिन बहुमूल्य जडीबुटी र बोटबिरुवाको चोरीनिकासी भइरहेको भए पनि सम्बन्धित निकायले रोक्न नसकेको स्थानीय चन्दबहादुर बुढाले आरोप लगाए।

हुम्लाको चङ्खेली क्षेत्रमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार इजाजतबिनै संकलन हुने गरेको पाइएको छ । 

गत वर्ष कार्ययोजना नभएका कारण सम्बन्धित निकायले संकलनको इजाजत नदिए पनि केही व्यक्तिले छिमेकी जिल्ला मुगु हुँदै जडीबुटी संकलन तथा निकासी गरेको भए पनि यस वर्ष भने हुम्लाले जडीबुटी संकलनका लागि २१ दिने सूचना जारी गरेको छ ।

गत वर्ष हुम्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार जम्मा गर्नका लागि आवश्यक कार्ययोजना स्वीकृत नभएकाले इजाजत दिन नसकिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले बताए। 

त्यसक्रममा केही जम्माकर्ताले मुगुबाट जडीबुटी लगेका थिए । तर, अहिले मुगुमा सम्बन्धित कार्ययोजना नभएको बताए। यसैबीच, हुम्लाले चालुका लागि जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलनलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन यही भदौ २९ गतेदेखि २१ दिने सूचना जारी गरेको छ । 

सूचनामार्फत तोकिएको प्रक्रिया पूरागरी आवश्यक इजाजत लिएर मात्रै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन गर्न आग्रह गरिएको छ । सम्बन्धित निकायका अनुसार इजाजतबिनै जडीबुटी जम्मा गर्दा वन पैदावारको अनियन्त्रित दोहन हुनुका साथै राजस्वसमेत गुम्ने जोखिम हुन्छ । 

त्यसैले संकलन क्षेत्र, परिमाण, प्रजाति र प्रक्रियालाई कार्ययोजनाअनुसार व्यवस्थित गर्न खोजिएको बताए।

चङ्खेलीलगायत बहुमूल्य जडीबुटी पाइने भएकाले स्थानीयको आयआर्जनसँग जोडिएको यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित