मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले पराजित गर्दै क्याम्पियोन्स कपको उपाधि जितेको छ। यस जितसँगै मियामीले आफ्नो इतिहासमा पाँचौँ आधिकारिक ट्रफी कब्जा गर्न सफल भएको छ।

प्रतिस्पर्धात्मक बनेको खेलको २४ औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै इन्टर मियामीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको मियामीका लागि खेलको ८१ औँ मिनेटमा कासेमिरोले दोस्रो गोल गर्दै जित निश्चित गरे।

क्रुज अजुलले गोल फर्काउने केही अवसर सिर्जना गरे पनि मियामीको रक्षापङ्क्ति छेक्न सकेन। अन्तिम समयसम्म उत्कृष्ट प्रदर्शन कायम राख्दै मियामीले २-० को जितसहित उपाधि उचालेको हो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ८ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र