चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय « Khabarhub

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह गरेका छन् ।

पछिल्लो पटक भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको स्पष्ट पार्दै मन्त्रालयले सहज तथा सुलभ मूल्यमा नियमित आपूर्तिका लागि पहल भइरहेको बताएको छ ।

हाल सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग करिब आठ महिनाको माग धान्ने अवस्था छ ।

नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत एवम् तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सरकार प्रयासरत रहेको स्पष्ट पारिएको छ । मन्त्रालयले कृषि, वन तथा पर्यावरण मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुिनक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने मन्त्रालयले तयारी गरेको छ । यसैगरी, उत्पादन प्रवद्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने प्रवक्ता सुवेदीले उल्लेख गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ८ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित