एनपीएललाई आईसीसीले दियो मान्यता


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ ।

शुक्रबार क्यानले जारी गरेको विज्ञप्तिअनुसार आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएललाई आईसीसीले आधिकारिक रूपमा स्वीकृति दिएको हो।

आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास र विस्तारका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले लिएको छ।

यो महत्त्वपूर्ण मान्यताका लागि क्यानले आईसीसीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आईसीसीले गर्दै आएको निरन्तर सहयोग, समर्थन र सहकार्यको उच्च सम्मान गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ७ : ०८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र