नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका छन् । 

छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरूले सो धारणा राखेका हुन्। 

उनीहरूले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगबाट किसानको समृद्धि सम्भव हुने दाबी गरेका छन् । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सरकारले कृषिको आधुनिकीकरण, कृषि बिमा, मलमा अनुदान र डिजिटल कृषिलाई प्राथमिकतामा राखेको बताए  ।

उनले कृषिमा नवप्रवर्तन, प्रविधिको प्रयोग, बजारसँगको पहुँच र मूल्यको उचित विश्लेषणले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले खाद्य उपभोगमा विविधता बढे पनि कुपोषण, खाद्य असुरक्षा र अस्वस्थकर खानपानको समस्या कायम रहेको बताए ।

उनले जलवायु परिवर्तन, खेतीयोग्य जमिनको क्षयीकरण, कृषि उत्पादन लागतमा वृद्धि र खाद्य आपूर्ति शृङ्खलामा आउने अवरोध नेपालको खाद्य तथा पोषण सुरक्षाका प्रमुख चुनौती बनेको बताए ।

उनले जलवायु परिवर्तनलाई कृषि र खाद्य सुरक्षाको भविष्यमा प्रभाव पार्ने प्रमुख चुनौतीका रूपमा चित्रण गरे । 

सहसचिव श्रेष्ठले प्रतिहेक्टर वार्षिक ८७ टन माटो बगेर जाने गरेको उल्लेख गर्दै माटो संरक्षणलाई खाद्य सुरक्षा र दिगो कृषिको प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले व्यावसायिक कृषि तथा उत्पादन वृद्धिका लागि खेतीयोग्य जमिनको खण्डिकरण रोक्नुपर्ने बताए। 

  कार्यक्रममा भोजपुरका सङ्गीता श्रेष्ठ प्रधान, सिरहाका हरिदेवी चौधरी, काभ्रेपलाञ्चोकका लक्ष्मी मुडभरी, लमजुङका केशकुमारी गुरुङ, गुल्मीका मिना ताम्राकार, दैलेखका कल्पनाकुमारी थापा भण्डारी र कैलालीका अमृता डगौरा तथा राससका सहसमाचारदाता भीष्मराज ओझालाई कदरपत्र तथा नगदसहित सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ४८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र