रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै « Khabarhub

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ । 

यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको हो ।  
 
रत्ननगर नगरपालिका–१ स्थित सो होटलको सभाकक्षसँगै रहेको टिनको टहरालाई जोडेर ३२ हजार ४८० स्क्वायर फिटकोे जमिनमा महाधिवेशनस्थल बनाउने काम सुरु भएको हो । 

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजार कुर्सी अट्ने गरी महाधिवेशनस्थल बनाउने काम धमाधम अघि बढेको छ । 

डोमको  बीचमा २९ फिट र छेउमा १६ फिट अग्लो हुने गरी संरचना बन्ने छ । माथि त्रिपाल लगाउने र १६ फिट सिदा हुने गरी पानी नचुहिने उच्चस्तरको टेण्ट डोममा राखिने छ ।  
 
नेता गौतमले भने, ‘महाधिवेशनका लागि आवश्यक अस्थायी प्रकृतिको सभाहल ‘डोम’ बनाउने क्रममा बाँस प्रयोग गरी काम अघि बढिरहेको छ । डोमभित्र ७० वटा ठूला पङ्खा र २० वटा कुलरको व्यवस्था गरिने छ । बाहिरपट्टी टेण्ट राखेर बस्ने ठाउँ बनाउने तयारी गरिएको छ । सँगै रहेको होटल स्टारको ठूलो सभाहललाई  आवश्यकताअनुसार प्रयोग गनेगरी निर्माणसम्बन्धी काम धमाधम अघि बढिरहेको छ ।’
 
उनले भने, ‘महाधिवेशनमा आउने सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिने छ । सहुलियत दरमा कोठाको व्यवस्थाका लागि होटल व्यवसायीसँग अनुरोध गरिएको छ । सहभागी स्वयंले खर्च बेहोर्ने गरी कोठाको व्यवस्था मिलाउन लागिएको हो ।’
 
उद्घाटनको दिन नजिक पर्ने टिकौलीचौरमा सवारीसाधन ‘पार्किङ’ गरी त्यहाँबाट अर्को गाडीले कार्यक्रमस्थलसम्म लाने–ल्याउने व्यवस्था मिलाइएको बताउँदै नेता गौतमले महाधिवेशन उद्घाटन सत्रपछि बिहानदेखि साँझसम्म खानाको व्यवस्था कार्यक्रमस्थलमै गरिएको जानकारी दिए ।   
 
पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको स्पष्ट गर्दै नेता गौतमले महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको बताए । 
 
महाधिवेशन तयारीका सन्दर्भमा पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटीका तर्फबाट तयारीका काम भइरहेको बताउँदै असार २ गते मङ्गलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरू महाधिवेशन स्थलमै रहने जानकारी दिए ।  
 
पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताए ।  
 
उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी  तीनदिने महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित