यूक्रेन–रुस वार्ता : दीर्घकालीन शान्तिका लागि अवसर « Khabarhub

यूक्रेन–रुस वार्ता : दीर्घकालीन शान्तिका लागि अवसर


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ– यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभदायक’ हुने आशा व्यक्त गरेका छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए ।

जेलेन्सकीले विगतका वार्ताहरूमा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताएका छन्, जसका कारण ठोस प्रगति हुन सकेको छैन । यसैले आगामी वार्ता सबै पक्षका हितलाई सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।

जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुमा संयुक्त सुरक्षा कार्य समूहका सदस्यहरूले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई चरणको वार्ता सम्पन्न गरेका थिए । त्यहाँ केही केदीहरू साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति विषयमा पूर्ण समाधान हुन सकेको थिएन ।

अगामी चरणको वार्ता जेनेभा शहरमा मङ्गलबार र बुधबार हुने तय भएको छ । यसमा रुस प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्नेछन् भने यूक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधिहरू रहनेछन् ।

जेलेन्सकीले यस शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सबै पक्षका लागि सन्तुलित समाधानको अवसर बन्ने विश्वास व्यक्त गरेका छन् । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पुर्‍ याउने अपेक्षा गरिएको छ । रासस
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित