ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।

सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताएकी छन् । उनका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ ।

व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ ।

प्राप्त प्रस्तावहरूको मूल्यांकनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् ।

आवेदकले आफ्नो प्रस्ताव आगामी मङ्सिर १३ गते साँझ ५ः०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा greenurea@moafe.gov.np  इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ४ : २० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र