कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध « Khabarhub

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 
    
सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले  खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताए। 
    
उनले आज बिहान करिब तीन घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा ज्युलोमा बाढी पसेर खाद्यान्नबाली नष्ट गरेको जानकारी दिए ।  त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ ।
 
बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासमा समस्या देखिएको बताए।

माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरीचौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताए। 

पहिरोले बालीमा क्षति पुर्‍याउनुका साथै सडक अवरुद्ध भएकाले सडक खुलाउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको बताए।

लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् । 

कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको बताए। 

सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या पुगेको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउनेजाने यात्रु प्रभावित भएका छन् ।

कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ५ : २९ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका