प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान « Khabarhub

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । 

गाउँका धेरै किसानले आफ्नो खाली तथा कम उपयोगमा आएका जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्दै सुन्तला बगैँचा विस्तार गरेका छन् । 

स्थानीय किसान सुन्तला खेतीप्रति उत्साहित देखिएका छन् । कृषक चण्डालकुमार राईले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने बताए। 

‘सुन्तला खेतीसँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा थप आम्दानी लिन सकिएको छ’, उनले भने, ‘यसले घर खर्च चलाउनसँगै बचत गर्नसमेत सहयोग पुगेको छ । पछिल्लो समयमा खावा केराबारीका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् ।’

खावा केराबारीको हावापानी, माटोको बनावट र उचाइ सुन्तलाखेतीका लागि अत्यन्त अनुकूल मानिन्छ । यहाँ उत्पादन हुने सुन्तलाको स्वाद, गुणस्तर र आकार राम्रो हुने भएकाले बजारमा यसको माग उच्च रहेको स्थानीय किसान देउराम राईले बताए ।

यदि व्यवस्थित रूपमा खेती विस्तार गर्न सकिएमा खावा क्षेत्र जिल्लाकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । 

वडाध्यक्ष सुनिल राईले कृषि क्षेत्रको विकास गर्दै किसानको जीवनस्तर उकास्ने उद्देश्यले वडाले सुन्तलाखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको बताए। 

‘हामीले किसानलाई प्राविधिक सहयोगसँगै गुणस्तरीय बिरुवा वितरण गर्दै आएका छौँ’, वडाध्यक्ष राईले भने,’यस कार्यक्रमले आगामी वर्षमा उत्पादन वृद्धि हुनुका साथै किसानको आम्दानीमा सुधार ल्याउने विश्वास गरेका छौँ ।’

वडाले कृषि प्राविधिकमार्फत बगैँचा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, मल व्यवस्थापन तथा आधुनिक खेती प्रविधिबारे नियमित रूपमा सहजीकरण गर्दै आएको उनले बताए।

व्यावसायिक सुन्तलाखेतीको विस्तारसँगै खावालाई सुन्तला उत्पादनको ‘हब’ का रूपमा विकास गर्ने लक्ष्य रहेको वडाले जनाएको छ ।  

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित