गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन « Khabarhub

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् ।

पछिल्लो समय पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएको अवस्थामा सरकारले तोकेको मूल्यले लागतसमेत नउठ्ने किसानहरुको गुनासो छ । ‘गत वर्षको तुलनामा जोताइदेखि थ्रेसिङसम्मको खर्च बढेको छ ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का राजेश रानाले भने, ‘सरकारले तोकेको मूल्यले हाम्रो लगानी पनि उठ्दैन अन्य वस्तुको जस्तै किसानको उत्पादनको पनि मूल्य बढ्नुपर्छ ।’ पाँच कट्ठा खेत अघिया लिएर गहुँखेती गरेका रानाले किसानले उत्पादनको उचित मूल्य कहिल्यै नपाउने गरेको बताए ।

सरकारले गहुँको मूल्य तोके पनि कञ्चनपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको गहुँ खरिद नगर्दा किसानहरु मर्कामा परेका छन् । ‘सरकारले मूल्य त तोक्यो किसानको गहुँ खरिद गर्न सुरु गरेको छैन ।’ यहाँको दोधारा चाँदनी–२ का अनिता बोगटीले भनिन्, ‘सरकारले समयमा समर्थन मूल्य नतोक्ने र गहुँ खरिदमा ढिलाइ गरेका कारण किसानले बाध्य भएर सस्तोमा गहुँ बिक्री गर्नपरेको छ ।’ सरकारले समयमै गहुँको समर्थन मूल्य नतोक्ने र तोके पनि पनि झन्झटिलो तथा खरिद प्रक्रियामा ढिलाइजस्ता समस्याले विचौलियाले किसानको उत्पादन सस्तोमा खरिद गर्ने गरेको यहाँका स्थानीय विष्णु जोशी बताउँछन् ।

उनले सरकारले मूल्य तोक्दा बजारमा अन्य वस्तुको मूल्यवृद्धिलाई मध्यनजर गरेर किसानको उत्पादनको उचित मूल्य तोक्नुपर्ने बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगरका कार्यालय प्रमुख महिकरण महराले गहुँ खरिदको कोटा निर्धारण नहुँदा किसानबाट गहुँ खरिद गर्न नसकिएको बताए । ‘अहिलेसम्म यस केन्द्रबाट कति गहुँ खरिद गर्ने कोटा निर्धारण भएको छैन’, उनले भने, ‘कोटा निर्धारण हुने बित्तिकै गहुँ खरिदका लागि सूचना निकाल्छौँ ।’ कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कूल खेतीयोग्य जमिन रहेको छ । यसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ८ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित