क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु « Khabarhub

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो ।

अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागूऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी अपरेसनमा संलग्न’ रहेको दाबी गरिएको छ । 

आक्रमणसँगै जोडिएको भिडियोमा डुङ्गा समुद्र सतहमा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ र त्यसपछि विस्फोटसहित आगो लागेको दृश्य देखिन्छ ।

शुक्रबारको यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएको कम्तीमा ३८ वटा यस्तै आक्रमणमा ज्यान गुमाउनेहरूको सङ्ख्या १३३ पुगेको उल्लेख गरिएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि कथित लागूऔषध डुङ्गाहरू लक्षित गर्दै सञ्चालन हुँदै आएका छन् ।

गत साता अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले हालै गरेका कडा र प्रभावकारी आक्रमणका कारण त्यहाँ सक्रिय केही ठूला लागूऔषध तस्कर समूहहरूले आफ्नो तस्करी काम अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको बताएका थिए । तर उनले उक्त दाबीलाई पुष्टि गर्ने ठोस विवरण वा प्रमाण सार्वजनिक गरेका छैनन्।

यसैबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाका कार्टेलहरूसँग अमेरिका ‘सशस्त्र द्वन्द्व’ मा रहेको बताउँदै लागूऔषधको प्रवाह रोक्नका लागि यस्ता आक्रमण आवश्यक भएको धारणा व्यक्त गरेका छन् । यद्यपि प्रशासनले ‘नार्कोटेररिस्ट’ भनिएका व्यक्तिहरूको हत्या भएको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने सार्वजनिक गरेको छैन ।

क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध विरुद्धको यो सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाबारे बहस चर्काइरहेको छ, जहाँ मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरू पनि उठ्न थालेका छन् ।
 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित