दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता « Khabarhub

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ । 

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था ली र दुग्ध विकास संस्थानबीच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ ली का महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था ली का प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले हस्ताक्षर गरेका थिए  । 

आगामी भदौ १ देखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था ली का साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले १५ हजार दूध डिडिसीलाई उपलब्ध गराउने विषयमा लिखित सम्झौता भएको छ । 

डिडिसीले यसअघि दूध लिएर तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख  छ । 

संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 
 
साना किसान विकास लघुवित्त वित्तीय संस्था ली का अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

त्यसैगरी, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ ली का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक दिन भएको उल्लेख गरे । केन्द्रीय सङ्घको सञ्जालमा  संस्थाले दैनिक ४७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । 

साना किसान विकास लघुवित्त वित्तीय संस्था ली का नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित