विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर « Khabarhub

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

बिहान र बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नम्बर १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । ‘तीन विपन्न परिवारका लागि भूकम्पप्रतिरोधी घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मङ्गलटारका भया दमाईँ र डिकुवाका देशवीर राईका लागि पनि घर निर्माण सम्पन्न भइसकेको छ ।’

उनले भने, ‘बाँकी दुई परिवारलाई चाँडै औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारीमा छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ ।’

आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवार भूकम्प प्रतिरोधी घर पाएसँगै हर्षित भएका छन् । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको थियो ।

नगर कार्यपालिकाको निर्णयअनुसार अर्खौलेका टेकबहादुर, मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका लाागि प्रतिपरिवार पाँच लाख बराबरको लगानीमा घर निर्माण गरिएको नगरप्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

अर्खौले जन्मस्थान भई करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँका स्थानीयको घरमा बस्दै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए । दैनिक ज्यालादारी तथा बनीबुतोको काम गरेर परिवार पाल्दै आएका टेकबहादुरको श्रीमती र १० वर्षीय छोरा छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौँमा बस्दै आएका अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएको नगरप्रमुख राईले जानकारी दिए ।

विस्थापित परिवार आफ्नो नगरपालिका फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहेका खण्डमा उनीहरूका लागि पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरूका नाममा जग्गा भने हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  १२ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित