मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव « Khabarhub

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ।

मन्त्रालयले बिहीबारको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयको कानुन शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव पठाउन आह्वान गरेको छ।

मन्त्रालयका अनुसार प्राप्त हुने राय, सुझाव तथा टिप्पणीलाई विधेयकको मस्यौदा परिमार्जन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने क्रममा समेटिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयको कानुन शाखाले स्वास्थ्यसम्बन्धी आवश्यक ऐन तथा नियमावली तर्जुमा, परिमार्जन तथा कानूनी राय–सुझाव दिने कार्य गर्दै आएको छ।

मन्त्रालयले तोकेको ७ दिनको समयसीमा अर्थात् भदौ ३ गतेसम्म राय, सुझाव वा टिप्पणी पठाउनुपर्नेछ। सुझावहरू मन्त्रालयको कानुन शाखाको इमेल law.section@mohp.gov.np मा पठाउन सकिनेछ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  १० : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित