इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार « Khabarhub

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको बालीस्थित पर्यटकीय क्षेत्रनजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २११ जनालाई सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।

अधिकारीहरूका अनुसार दुर्घटनामा एक इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ। बालीबाट लोम्बोक टापुतर्फ जाँदै गरेको डुङ्गामा स्थानीय समयअनुसार बुधबार बिहान ४ः१५ बजे आगलागी भएको थियो।

आगलागीपछि इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सी, नौसेना, समुद्री प्रहरी तथा अन्य उद्धार टोली परिचालन गरिएको थियो। उद्धार गरिएका यात्रु तथा चालक दलका सदस्यलाई बाली र लोम्बोकका बन्दरगाहमा सुरक्षित रूपमा पुर्‍याइएको अधिकारीहरूले जनाएका छन्।

स्थानीय अधिकारीका अनुसार डुङ्गामा फसेका यात्रुहरूको उद्धार तथा निकासी सुरक्षित र सहज रूपमा सम्पन्न भएको थियो।

घटनापछि डुङ्गामा सवार व्यक्तिको सङ्ख्याबारे प्रारम्भिक विवरण र वास्तविक सङ्ख्याबीच भिन्नता देखिएको छ। प्रारम्भिक अभिलेखमा १७ चालक दलका सदस्यसहित १३१ जना सवार रहेको उल्लेख थियो। तर घटनाका बेला अभिलेखमा नसमेटिएका थप यात्रु पनि डुङ्गामा रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनाको कारण पत्ता लगाउन इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले लेम्बर पोर्ट प्राधिकरणको सहयोगमा अनुसन्धान सुरु गरेको छ। आगलागीबाट डुङ्गामा भएको क्षतिको मूल्याङ्कनसमेत भइरहेको छ।

सवारीसाधन तथा कार्गोमा भएको सम्भावित क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्। आगलागीको कारण भने अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने जनाइएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित