बाजुरा बाढीपहिरोको उच्च जोखिममा « Khabarhub

बाजुरा बाढीपहिरोको उच्च जोखिममा


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ । 

बडीमालिकामा १३ गाउँ, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा २०, गौमुलमा ३५, खप्तड छेडेदहमा १०, जगन्नाथमा चार, स्वामीकार्तिक खापरमा १० र हिमालीमा चार वटा गाउँ पहिरोको चपेटामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । 

जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरू तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने जनाएको छ । 

उक्त बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा वर्षाको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ ।  

बुढीगङ्गा नदीले बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौँ परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको स्थानीय दीपक बडुवालले जानकारी दिए । 

जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरू बताउछन् । 

बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगङ्गा नदीले  खेतीयोग्य जमिन बगरमा परिणत गराएको बताए । 

विपद् प्रतिकार्य योजना २०८३ को तथ्यङ्कअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ, भने झन्डै एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागीजस्ता विपद्हरूले जुनसुकै बेला पनि ठूलो धनजनको क्षति पुर्‍याउन सक्ने बताए । रासस

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  २ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित